केचना। पानी पर्न नपाउँदै कचनकवल ४ मा पर्ने केचनामा झ्याप्प-झ्याप्प विजुली जाने गरेको छ।
५/६ दिनदेखि दिनकै ६ देखि ७ घण्टासम्म विजुली अवरुद्ध हुँदा स्थानीय बासी समस्यामा पर्न थालेका हुन्।
“घिमिरेको घरसम्म बिजुली छ त्यसदेखि दक्षिणीतर्फको लाइनमा फल्ट भएका कारण पटकपटक यस क्षेत्रको विद्युत प्रसारणमा समस्या आएको हो” बनियानी फ्युज स्टेसनका एक कर्मचारी बताउँछन्।
“बराम्बार एउटै समस्या आउँनु कर्मचारीको लापरबाही हो या ट्रान्सर्फमरमा कमसल उपकरणको प्रयोग भएको हो बुझ्न सकिएको छैन” यसरी झ्याप्प-झ्याप्प विद्युत आउँदै जाँदै गर्दा घरायसी उपकरण मोटर, पंखा, टिभीमा समेत क्षति पुगेको एक स्थानिय बताउँछन्।
त्यस्तै अर्का व्यवसायी भन्छन् ” पसलको प्रिजमा राखिएको समानसमेत बिग्रीन थालेको छ। यसरी कतिञ्जेल चल्ने हो खै?”
विद्युतकै कारण केचनामा एउटा वडा कार्यालय दुइवटा सामुदायिक विद्यालय, एउटा निजि विद्यालय, एउटा लघुवित्त वित्तीय संस्था, एउटा प्रहरी चौकी, एउटा सशस्त्र क्याम्पका सेवा प्रवाहमा समेत समस्या हुँदै आएको छ।



















