ट्याङ्करबाट पेट्रोल चोरी गरेर बेच्ने सात जना पक्राउ

काठमाडौँ– ट्याङ्करबाट पेट्रोल चोरी गरेर बेच्ने सात जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका– ३ का ५५ वर्षीय सुनैन मियाँ वडा नम्बर १५ का २३ वर्षीय असलम हवारी, वडा नम्बर ११ का २१ वर्षीय रफिक मियाँ, मकवानपुर हेटौडा उप-महानगरपालिका ११ का २० वर्षीय सन्देश राना मगर रहेका छन्।

EPIC EPIC EPIC

हेटौडा उप-महानगरपालिका १० का ४६ का केशर राम सुनार,  वडा नम्बर १४ का ५० वर्षीय मन्द सिंह लामा र  २७ वर्षीय उमेश राना मगर रहेका छन्।

उनीहरूले पर्सा, वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडक-खण्डस्थित आईसीपी जाँचपास भई नेपालभित्र प्रवेश गरेका पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने गरेको प्रहरीले जनाएको छ।

उनीहरूले बिहीबार साँझ करिब ५:१० बजे वीरगञ्ज –१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट पेट्रोलिय पदार्थ चोरी गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च