दर्खास्त भर्दाभर्दै हजुरआमाको मृत्युको खबर, अधुरै रह्यो रुपाको जागिर खाने रहर

 मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं।२ कुर्लेपाखा बस्ने राम बहादुर स्याङ्तान परिवारका चार जना सदस्यले एकैदिन ज्यान गुमाउँद गाउँनै शोकमा डुबेको छ । जसमा तीन जनाको दुर्घटनामा र एकजनाको कालगतिले मृत्यु भएको हो ।

बिहीबार दिउँसो मकवानपुरगढी–२ स्थित धवाडी खोला पुलनजिकै प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा राम बहादुरका छोरा ३५ बर्षीय भिम बहादुर स्याङ्तान, उनको बुहारी ३४ बर्षीया रुपा स्याङ्तान र उनको नातिनी ५ महिने छोरी मृत्यु भएको हो । त्यस्तै ८८ बर्षीया आमाको कालगतिले मृत्यु भएको हो ।

EPIC EPIC EPIC

राम बहादुरको चार जना सदस्यले ज्यान गुमाउँदा गाउँनै शोकमा डुबेको वडासदस्य राम चौरेलले जानकारी दिए । “हजुरआमाको घरमा मृत्यु भएको छ, शव घाटमा लगेकै छैन, उता हेटौंडा अस्पतालमा छोराबुहारी र नातिनीको शव छ,” उनले भने, “यो घटनाले गाउँ पुरै शोकमा छ ।”

अधुरै रह्यो रुपाको जागिर खाने रहर
कक्षा १२ पास गरेकी रुपा स्याङ्तानालाई राम्रो जागिर खाने रहर थियो । पढ्दा पढ्दै भिमसंग लगन गाँठो गासेपछि सन्तान जन्मियो । रुपा आफ्नो सन्तान हुकाईबढाई लागिन् ।

बिवाह बन्धनमा बाँधिएको करिब डेढ दशक अवधिमा तीन सन्तान जन्माइन् । पहिलो र दोस्रो सन्तान दुई छोरा हुर्किसकेका छन् भने तेस्रो सन्तानको रुपमा छोरी हुकिदै थिइन् । उनी छोरीको भातखुवाई(पास्नी)पछि जागिर खाने सोच बनाएकी थिइन् ।

सोही वडाको छापस्थित कालिदेवी प्रा.बि.मा राहात कोटा शिक्षक माग गरेको सुचना पाइन् । बिहीबार बिहान १० बजे कागजपत्र सहित श्रीमानको साथमा आफ्नो ५ महिने छोरी च्यापेर त्यसतर्फ लागिन् ।

श्री कालिदेवी प्रा.बि.मा दखास्त भर्दाभर्दै घरबाट “घरमा हजुरआमाको बित्नुभयो” भनेर फोन आउँछ । उनीहरु काम सकेर हतारहतार मोटरसाइकलमा घर फर्किदै थिए । धवाडी खोला पुलनजिकै मोडमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुन्छ ।

जुनबाटो जागिर खाने सपना बुन्दै जान्छिन् रुपामा फर्किने क्रममा त्यही बाटोमै अस्ताउँछिन् । उनको जिनवसंगै जागिर खाने सपनामा मोटरसाइकलको लुकिङ् ग्ल्यास चक्नाचुर भए झै सदाको लागि अन्त्य हुन्छ ।

जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार करिब १२ मिटर तल ढुङ्गामा बजारिदा रुपा र उनको ५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै मोटरसाइकल चालक भिम बहादुरको थप उपचारका लागि हेटौंडाबाट भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।
उनीहरुको तीनै जनाको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

शव पोष्टमाटपछि आफन्तलाई जिम्मा लगाईने प्रहरीले जनाएको छ । मृतक स्याङ्तान दम्पतीका १४ बर्ष र ९ बर्षका दुई छन् । जेठा छोरा कक्षा ९ र कान्छो छोरा कक्षा ३ मा पढ्छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च