प्राधिकरणले घोराही र अर्घाखाँची सिमेन्ट सहित तीन उद्योगको लाइन काट्यो

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौता नबुझाउने उद्योगको लाइन फेरि काट्न थालेको छ।

प्राधिकरणले लोडसेडिङका बेला विद्युत उपयोग गरी प्रिमियम महसुल नतिरेका रिलायन्स स्पिनिङ, घोराही र अर्घाखाँची सिमेन्ट उद्योगमा विद्युत काटिदिएको हो । प्राधिकरण स्रोतले मङ्गलबार बेलुकीदेखि यी उद्योगमा विद्युत कटौती गरिएको जानकारी दियो ।
यी लगायत ६० उद्योगले डेडिकेटेड र ट्रङ्क लाइन सुविधाबाट खपत गरेको विद्युतको २१ अर्ब ८८ करोड रुपैयाँ महसुल तिर्न बाँकी रहेको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

EPIC EPIC EPIC

यसअघि उद्योगीहरूले ट्रङ्क तथा डेडिकेटेड महसुलका सन्दर्भमा नेपाल विद्युत प्राधिकरणले बिना प्रमाण पत्र जारी गरेको भन्दै आपत्ति जनाएका थिए ।

प्राधिकरणले आयोगको सिफारिस र मन्त्रिपरिषद्को निर्णय अनुसार भन्दै बक्यौता चुक्ताको कार्यतालिका बुझाउन उद्योगहरुलाई मंगलबारसम्मको समय दिएको थियो।

तर, उद्योगीहरु सकेसम्म बक्यौता नतिर्ने पक्षमा छन्। नयाँ सरकार आएपछि निर्णय उल्टाउनेसम्मको रणनीतिमा रहेका उद्योगीले प्राधिकरणमाथि लाल आयोगको सिफारिस अवज्ञा गरेको लागेको आरोप लगाएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च