काठमाडौँ । नयाँ गठबन्धनको तर्फबाट पुरानै तीन जनाले बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।
२०८० फागुन २१ गते सोमबार शीतलनिवासमा उनीहरूले शपथ लिएका हुन् ।
शपथ लिनेमा हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् ।
तामाङ यसअघि खेलकुद, गिरी स्वास्थ्य र अर्याल श्रममन्त्री भइसकेका छन् ।
तामाङ नेकपा (माओवादी केन्द्र), गिरी नेकपा (एमाले) र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।