Search
Close this search box.
Search
Close this search box.

बिनाविभागीय पुरानै तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । नयाँ गठबन्धनको तर्फबाट पुरानै तीन जनाले बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।

२०८० फागुन २१ गते सोमबार शीतलनिवासमा उनीहरूले शपथ लिएका हुन् ।

शपथ लिनेमा हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् ।

तामाङ यसअघि खेलकुद, गिरी स्वास्थ्य र अर्याल श्रममन्त्री भइसकेका छन् ।

तामाङ नेकपा (माओवादी केन्द्र), गिरी नेकपा (एमाले) र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *