बुद्धशान्ति १ का लिम्बु रुखबाट लडेर मृत्यु

पालिका सन्देश । झापाको बुद्धशान्तिमा रुखबाट लडेर घाइते भएका एकजना वृद्धको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बु रहेका छन् । उनको आइतबार दिउँसो मृत्यु भएको हो ।

उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । लिम्बु जेठ ७ गते दिउँसो १ः३० बजे कुटमिरोको रुखको घाँस झार्न चढेका थिए । सोही क्रममा रुखबाट लडेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो भने छातीमा भित्री चोट भएर गम्भीर घाइते भएको चिकित्सकले जनाएका छन् ।

EPIC EPIC EPIC

लिम्बुको शव अस्पतालमै रहेको छ भने उनी रुखको कति उचाइबाट लडे र उनको उद्धारबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च