बुधबारे जेसीजलाई ‘तेन्जिङ नोर्गे होमस्टे’को स्वागत सम्मान

बुधबारे । ‘तेन्जिङ नोर्गे होमस्टे’ बुद्धशान्ति –३ ले बुधबारे जेसीजका नवनिर्वाचित पदाधिकारीलाई स्वागत–सम्मान गरेको छ ।

बुधबारे जेसीजले बर्ष २०२१ मा निर्वाचित भएका जेसी तथा २०२० का बुधबारे जेसीजका पदाधिकारीलाई स्वागत सम्मान गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC


‘तेन्जिङ नोर्गे होमस्टे’का सञ्चालक जेसी उमेश तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष जेसी अनिल वाग्ले, निर्वतमान अध्यक्ष जेसी नन्दकुमार याफू राई, पूर्व अध्यक्षहरु जेसी प्रकाश भण्डारी र जेसी रमेश बराल सहित ३५ बढी जेसीज सदस्यको उपस्थिति थियो । उनीहरुलाई दुई सञ्चालक उमेश तिम्सिना र उमेश पाठकले मायाको चिनो दिदै खदा ओढाएर स्वागत सम्मान गरेका थिए । उक्त कार्यक्रम भने जेसी गोकुल पौडेलले सञ्चालन गरेका थिए ।


जेसीज युवाहरुले सञ्चालन गरेको व्यवसायलाई प्रर्वद्धन गर्ने लक्ष्य
यता बुधबारे जेसीजले बर्ष २०२१ मा जेसीज युवाहरुले सञ्चालन गरेको व्यवसायलाई प्रर्वद्धन गर्ने समेत भएको छ ।
जेसीहरु व्यापारमा, जागिरमा र सफल हुनुपर्छ भन्ने मान्यतालाई सफल पार्न जेसी युवाहरुले गरेका कामको प्रचार गर्ने रणनिती बनाएको बुधबारे जेसीजका अध्यक्ष जेसी अनिल वाग्लेले बताएका छन् । सोहि अनुरुप जनवरी १५ देखि बुधबारे जेसीजले जेसीजमा लागेका युवाले सञ्चालन गरेको व्यवसाय प्रवद्र्धन गर्न सुरु गरेको छ ।
सोहि अनुरुप जेसी उमेश तिम्सिनाले बुधबारे बजारमा सञ्चालन गरेको सुविधा सम्पन्न ‘तेन्जिङ नोर्गे होमस्टे’ को प्रमोसन गरेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *