बोका चोरेको आरोप दुई युवा पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा बोका चोरेको आरोपमा दुई युवाहरू पक्राउ परेका छन् । स्थानीय गाउँलेहरूले देवी देउताको नाममा छाडेको ४४ किलोको बोका चोरेको आरोपमा युवाहरू पक्राउ परेका हुन् । 

जिल्लाको कृष्णनगर नगरपालिका-१, सेमराबाट युवाहरू पक्राउ परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । प्रहरीका अनुसार कृष्णनगर नगरपालिका-१ झन्डेनगरका रोहित यादव र पिन्टु हेला रहेका छन् । गत असार १६ गते अपराह्न साढे ३ बजेतिर पुरुषोत्तमपुरबाट चोरी गरेका थिए ।आरोपीहरू चोरेर वडा नम्बर-५ लक्ष्मी नगरमा लुकाएका थिए ।

EPIC EPIC EPIC

स्थानीय गाउँलेहरूले बोका चोरिएको विषयमा जानकारी दिए पछि सुराकीको आधारमा दुबैलाई प्रहरीले बोकासहित पक्रेको कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनुभयो । देउताको नाममा छाडिएको बोका चोरेको आरोपमा पक्राउ परेको दुवै जनालाई चोरीका मुद्दामा अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च