भारतमा शुक्रबार ४१ हजार तीन सय २२ जना कोरोना (कोभिड– १९) संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ९३ लाख ५१ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको हो ।
अमेरिकापछि भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र हो । भारतमा पछिल्लो २४ घन्टामा थप चार सय ८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार दुई सय पुगेको छ । यहाँ कोरोना भाइरस सुरु भएयता भएका सम्पूर्ण संक्रमितमध्ये ८७ लाख ५९ हजार नौ सय ६९ व्यक्ति कोरोनामुक्त भएका मन्त्रालयले जानकारी दिएको छ । भारतको , दिल्ली र केरला क्रमशः सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भएका राज्य हुन् । एएनआइ