Search
Close this search box.
Search
Close this search box.

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

भारतमा शुक्रबार ४१ हजार तीन सय २२ जना कोरोना (कोभिड– १९) संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ९३ लाख ५१ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

अमेरिकापछि भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र हो । भारतमा पछिल्लो २४ घन्टामा थप चार सय ८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार दुई सय पुगेको छ । यहाँ कोरोना भाइरस सुरु भएयता भएका सम्पूर्ण संक्रमितमध्ये ८७ लाख ५९ हजार नौ सय ६९ व्यक्ति कोरोनामुक्त भएका मन्त्रालयले जानकारी दिएको छ । भारतको , दिल्ली र केरला क्रमशः सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भएका राज्य हुन् । एएनआइ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *