‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरे पाँच लाख पुरस्कार’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमितरूपमा अन्तर्राष्ट्रिय उडानलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसँग आइतबार मन्त्रालयमा उहाँले उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले प्रत्येक उडानको पाँच लाख रुपैयाँ प्रोत्साहनस्वरूप दिने गरी कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।

मन्त्री किराँतीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको पनि बताउनुभयो । जहाज कम भए पनि भैरहवा र पोखराबाट उडान नगरिनहुने भन्दै त्यसका लागि पर्यटन व्यवसायीको सकारात्मक सहयोग आवश्यक हुने उहाँले बताउनुभयो । मन्त्री किराँतीले राज्यको ४३ अर्बभन्दा बढी लगानी भएको गौतमबुद्ध विमानस्थल र त्यही विमानस्थल देखेर ६५÷७० अर्ब लगानी गरेको निजी क्षेत्रबारेमा सरकार चिन्तित रहेको समेत बताउनुभयो ।

EPIC EPIC EPIC

सो अवसरमा नाट्टा लुम्बिनीका अन्तर्राष्ट्रिय हवाई यातायात समन्वय समितिका संयोजक सञ्जीव जोशीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान तत्काल सुरु गर्न माग गर्नुभएको थियो । नौबुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले अन्तर्राष्ट्रिय उडान सबैभन्दा पहिले नेपाल वायुसेवा निगमको जहाजले सुरु गर्नुपर्ने बताउनुभयो । नाट्टा लुम्बिनीको प्रतिनिधिमण्डलले सोही दिन नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई पनि ज्ञापनपत्र बुझाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च