दिपेन्द्र लुईटेल भोजपुर, असार १४ — स्वास्थ्य कार्यालय भोजपुरको आयोजनामा एचआईभी सम्बन्धी लाग्छना (स्टिग्मा) न्यूनीकरण गर्ने उद्देश्यले सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रममा एचआईभी संक्रमित व्यक्तिप्रति हुने विभेद, सामाजिक बहिष्करण तथा गलत धारणा अन्त्य गर्दै समान सम्मान र समान अवसर सुनिश्चित गर्नुपर्ने विषयमा छलफल गरिएको थियो।
स्वास्थ्य कार्यालय भोजपुरले एचआईभी संक्रमित व्यक्तिलाई विभेदरहित व्यवहार गर्न तथा समुदायमा सचेतना अभिवृद्धि गर्न सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने जनाएको छ।
कार्यक्रमको मूल सन्देश “लाग्छना होइन, समान दृष्टि; विभेद होइन, समान अवसर सिर्जना गरौँ” रहेको थियो। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो
















