भोजपुरमा दुई प्रकारका चामलमा प्रतिकेजी १० रुपैयाँ छुट

भोजपुर, असार १२ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय भोजपुरले दुई प्रकारका चामलमा प्रतिकेजी १० रुपैयाँ सहुलियत छुट दिने भएको छ।

शाखा कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार बिक्री वितरण विभाग, प्रधान कार्यालयको पत्रअनुसार असार १२ गतेदेखि मसान्तसम्म लागू हुने गरी सबै प्रकारका चामलमध्ये स्टिम जिरा र अरुवा सोना मनसुली चामलमा प्रतिकेजी १० रुपैयाँ छुट प्रदान गरिएको हो।

छुटपछि स्टिम जिरा चामलको मूल्य प्रतिकेजी ७४ रुपैयाँ कायम भएको छ भने २५ केजीको एक बोरा १,८५० रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यसको मूल्य प्रतिकेजी ८४ रुपैयाँ रहेको थियो।

EPIC EPIC EPIC

त्यसैगरी अरुवा सोना मनसुली चामलको मूल्य प्रतिकेजी ४९ रुपैयाँ कायम गरिएको छ। २५ केजीको एक बोराको मूल्य १,२२५ रुपैयाँ तोकिएको छ। यसअघि उक्त चामलको मूल्य प्रतिकेजी ५९ रुपैयाँ रहेको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय भोजपुरले सहुलियत दरमा उपलब्ध गराइने चामल खरिद गर्न सेवाग्राहीलाई अनुरोध समेत गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च