महामारीका कारण झण्डै डेढ लाख अमेरिकी बालबालिका अभिभावकविहीन

झापा,एजेन्सी– कोरोना भाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावकविहीन भएका छन् । 

‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिकाको जीवनमा दिर्घकालीन असर परेको उल्लेख छ । 

EPIC EPIC EPIC EPIC EPIC

सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावकविहीन हुनु परेको देखिएको छ । अभिभावकविहीन भएपछि बालबालिकाहरूले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीहरूले जनाएका छन् । 

अभिभावक गुमाएका बालबालिकाहरू मध्ये धेरै बालबालिकाहरू अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ । 

कोरोना भाइरसको महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ । कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या अमेरिकामै सबैभन्दा धेरै रहेको छ ।
  
कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *