Search
Close this search box.
Search
Close this search box.

राष्ट्रिय परिचयपत्र ः पहिले सवारी लाइसेन्स नपाएका र ज्येष्ठ नागरिकलाई

बुद्धशान्ति । राष्ट्रिय परिचयत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आवश्यक संख्यामा छापेर दिन नसकेपछि सरकारले यसमा वैकल्पिक उपाय खोजी गरेको छ । अब राष्ट्रिय परिचयपत्र प्रिन्ट गर्दा पहिले बेलैमा लाइसेन्स नपाएका चालकहरुलाई र त्यसपछि ज्येष्ठ नागरिकहरुलाई दिने सरकारको तयारी छ ।


यातायात व्यवस्था विभागका अनुसार अहिले सबै प्रक्रिया पूरा गरेर छपाइ हुन बाँकी लाइसेन्सको संख्या २१ लाख नाघेको छ । प्रदेशहरुबाट दैनिक रुपमा ठूलो मात्रामा सर्वसाधारणले लाइसेन्स परीक्षा पास गर्नुका साथै पुरानो लाइसेन्स नवीकरण गरिरहेका छन् । चालकहरुले लाइसेन्स परीक्षा पास गरेपछि राजस्व तिर्दा पाएको रसिदलाई नै लाइसेन्सको सट्टामा प्रयोग गरिरहेका छन् ।

EPIC EPIC EPIC


यातायात व्यवस्था विभागमा रहेको एउटा मास प्रिन्टरर्ले बाँकी लाइसेन्स प्रिन्ट गर्न सम्भव छैन भने विभागसँग मागअनुसार लाइसेन्स छाप्न पुग्ने कार्ड पनि छैन । ठेक्का प्रक्रियामा भइरहेको अलमलले लाइसेन्स छाप्ने मेसिन र कार्डको आपूर्ति पनि हुन सकेको छैन । त्यसैले अब स्मार्ट लाइन्सेन्सको प्रक्रिया पूरा गरेकाहरुलाई प्राथमिकताका साथ राष्ट्रिय परिचयपत्र दिने र त्यसबाट लाइसेन्स छपाइको समस्या समाधान गर्ने तयारी गरिएको हो ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिलेसम्म १ करोड ५४ लाख जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण भर्नुका साथै बायोमेट्रिकसहित फोटो खिचाएका छन् ।
त्यसमध्ये करिब ४५ लाख जनाको राष्ट्रिय परिचयपत्र छापिएको छ भने एक करोड १० लाख कार्ड छाप्न बाँकी रहेको विभागका महानिर्देशक युवराज कट्टेलले जानकारी दिए । ‘धेरैले तुरुन्तै कार्ड नपाएको गुनासो गर्नुभएको छ’, उनले भने, ‘सवारी लाइसेन्समा पनि त्यही समस्या छ, त्यसैले दुबैको समाधान हुने गरी काम गर्न लागेका छौं ।’


महानिर्देशक कट्टेलका अनुसार अब लाइसेन्स प्रिन्ट नभएकाहरुलाई प्राथमिकताका साथ राष्ट्रिय परिचयपत्र दिइनेछ । विद्युतीय चिप्ससहितको राष्ट्रिय परिचयपत्रलाई लाइसेन्स प्रणालीमा अन्तरआवद्ध गरिएकाले अब राष्ट्रिय परिचयपत्रले नै लाइसेन्सको काम गर्नेछ । यसका लागि लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीहरुलाई रिडर मेसिन (क्युआर स्क्यानर डिभाइस) दिने सरकारको योजना छ ।


अहिले विवरण नभरेकासमेत गरी करिब १ करोड ९० लाख जनालाई थप राष्ट्रिय परिचयपत्र दिनुपर्ने अनुमान छ । विभागसँग अब करिब ७५ लाख वटा चिप्ससहितको कार्ड छ । यसले अहिलेसम्म विवरण भरिसकेका र अब भराउनेहरु सबैको परिचयपत्र छाप्न पुग्दैन । ७५ लाखमध्ये २१ लाख स्मार्ट लाइसेन्स नपाएर बसेका सवारी चालकहरु र ३८ लाख सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीहरुलाई प्राथमिकता दिएर कार्ड छाप्ने विभागको तयारी छ । त्यसपछि परिचयपत्र नम्बर लिएको समयको आधारमा कार्ड छापिनेछ ।


तुरुन्तै राष्ट्रिय परिचयपत्र चाहिने भए सम्बन्धित स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय पुगेर राष्ट्रिय परिचयपत्र प्रिन्ट गर्न सकिने व्यवस्था गर्ने पनि विभागको भनाइ छ । ‘स्थानीय तह र जिल्ला प्रशासनको राष्ट्रिय परिचयपत्र शाखाबाट प्रिन्टका लागि अनुरोध गर्ने र सम्बन्धित व्यक्तिको मोबाइलमा ओटीपी कोड राखेर प्रिन्ट गर्न पाउने व्यवस्था गर्दैछौं’, कट्टेलले भने, ‘यसले राष्ट्रिय परिचयपत्रको नम्बर पाइयो तर परिचयपत्र पाइएन भन्ने गुनासो हल हुन्छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *