रुसको ब्ल्याक सी नौसैनिक मुख्यालयमा हवाई आक्रमणमा ९ रुसी अधिकारी मारिए

एजेन्सी। रुस र युक्रेनबीच जारी युद्धमा युक्रेनले रुसको ब्ल्याक सी नौसैनिक मुख्यालयमा हवाई आक्रमण गर्दा रुसमा ठूलो क्षति भएको छ। शुक्रबार युक्रेनले क्रिमियामा रहेको रुसको ब्ल्याक सी नौसेनाको मुख्यालयमा आक्रमण गरेको थियो। शनिबार युक्रेनको रक्षा मन्त्रालयले यस हमलामा ९ रुसी अधिकारीको मृत्यु भएको दाबी गरेको छ। साथै १६ जना घाइते भएका छन् ।

युक्रेनमा भएको यो आक्रमणको भिडियो सार्वजनिक भएको छ । जसमा रुसी नौसेनाको ब्ल्याक सी फ्लीट हेडक्वार्टरमा मिसाइल खसेको देखिन्छ । यसपछि भवनमा आगो लागेको थियो । बीबीसीका अनुसार यो हमला स्टर्म स्याडो मिसाइलबाट भएको हो । बेलायत र फ्रान्सले युक्रेनलाई यो मिसाइल आपूर्ति गरिरहेका छन् ।

EPIC EPIC EPIC

युक्रेनी रक्षा गुप्तचर प्रमुख किरिल बुडानोभले भ्वाइस अफ अमेरिकालाई जानकारी दिए अनुसार मृत्यु हुनेमा दुई रुसी जनरल पनि थिए। यसै क्रममा कमाण्डर जनरल अलेक्जेन्डर रोमनचुक र चीफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल ओलेग सेकोभ गम्भीर घाइते भएको अन्तराष्ट्रिय समाचार माध्यमले जानेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च