शुभतारा अङ्ग्रेजी विद्यालयका विद्यार्थीले स्वतःस्फूर्त रूपमा गरे देउसी–भैलो कार्यक्रम

अर्जुनधारा। तिहार पर्वको मौलिकता, सांस्कृतिक महत्त्व र नेपाली परम्पराको संरक्षण गर्ने उद्देश्यसहित अर्जुनधारा नगरपालिका–१०, कालीस्थानस्थित शुभतारा अङ्ग्रेजी विद्यालयका विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा देउसी–भैलो कार्यक्रम सम्पन्न गरेका छन्।

विद्यार्थीहरू आफैँले पहल गरी साथीहरूको समूह गठन गरेर आयोजना गरेको कार्यक्रममा देउसी–भैलोसँगै आकर्षक तथा कलात्मक रङ्गोली प्रस्तुत गरिएको थियो। कार्यक्रममा १४२ जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूले विभिन्न रङको प्रयोग गरी आकर्षक रङ्गोली निर्माण गर्नुका साथै नेपाली संस्कृति झल्किने विभिन्न सांस्कृतिक गीत प्रस्तुत गरेका थिए।

EPIC EPIC EPIC

विद्यालयका शिक्षक प्रमुख रमेश रिजाल र शिक्षिका युसिका खड्काको संयुक्त सञ्चालनमा सम्पन्न कार्यक्रमको सभापतित्व विद्यालय सञ्चालक समितिका अध्यक्ष मेरिना बुढाथोकीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कुमार राय उपस्थित रहनुभएको थियो।

विद्यार्थीहरूले पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक रूपमा नेपाली कला, संस्कृति र परम्परालाई आत्मसात् गर्दै देखाएको सक्रियता प्रशंसनीय रहेको विद्यालय परिवारले जनाएको छ। विद्यार्थीहरूको आफ्नै अग्रसरतामा सम्पन्न यस कार्यक्रमले नयाँ पुस्तामा नेपाली मौलिक संस्कृति, आपसी सद्भाव, सिर्जनशीलता र सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको विद्यालयको भनाइ छ।

फोटो / समाचार: सानोखबर डटकम

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च