बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित क्याम्पाचौरी जंगलमा एक निलगाई मृत अवस्थामा फेला परेको छ।
स्थानीयवासी घाँस–दाउरा खोज्न जंगल गएका बेला निलगाई मृत अवस्थामा देखेपछि घटनाबारे जानकारी दिएका थिए।
निलगाई मृत फेला परेको खबर पाउनासाथ आवश्यक व्यवस्थापनका लागि डिभिजन वन कार्यालयका कर्मचारीलाई जानकारी गराइएको बराहक्षेत्र–७ का वडाध्यक्ष कपिल आचार्यले बताए।
निलगाई मृत्युको कारण खुल्न बाँकी रहेको छ।
वन कार्यालयका कर्मचारीबाट घटनास्थलको निरीक्षण तथा मृत निलगाईको व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ।



















