१० मिनेटमा पैसा डबल गरिदिने भन्दै ७ लाख लिएर फरार भएका लामा पक्राउ

 १० मिनेटमा पैसा डबल गरिदिने भन्दै सात लाख लिएर फरार एक व्यक्ति पक्राउ परेका छन्।

नक्कली पैसाको भिडियो देखाएर ठगी गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी घर भई स्वयम्भू बस्ने वर्ष २६ वर्षीय कुमार लामालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC

लामाले पुस १६ गते सल्यान घर भई दाङ तुल्सीपुर बस्दै आएका सुरेन्द्र वलीलाई पैसा डबल बनाइदिन्छु भन्दै नक्कली पैसाको भिडियो देखाएर उनीसँग रहेको सात लाख रुपैयाँ लिएर उनलाई १० मिनेट पर्खिन भनेर फरार भएको प्रहरीले बताएको छ।

लामा फरार भएपछि वलीले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी गरेपछि लामा पक्राउ परेका हुन्। उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *