झापा । आफ्ना बुवालाई चिठी लेखेर झापाको गौरादहबाट बेपत्ता भएका दुईजना बालक १६ घण्टापछि भेटिएका छन् ।
गौरादह–१ बेलडाँगीचोकका भूपेन खड्काका दुई छोरा १४ वर्षीय खगेन्द्र खड्का र देव खड्का हिजो बिहान १० बजेदेखि बेपत्ता भएका थिए ।
भूपेनका अनुसार बालकहरु मोरङको पथरीस्थित एक घरमा आश्रय लिएर बसेको अवस्थामा भेटिएका हुन् ।