अंकुरण फाउन्डेसनद्वारा विद्यार्थीलाई झोला वितरण, विद्यार्थी दङ्ग

इलाम । अंकुरण फाउन्डेसन नेपालले इलामको रोङ गाउँपालिकाको ज्ञानोदन आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार झोला वितरण गरेको छ ।

EPIC

विद्यालयका ३४ विद्यार्थीलाई झोला वितरण गरिएको फाउन्डेसनका अध्यक्ष बिमल कट्टेलले बताएका छन् । उनले विद्यार्थीलाई सहज पठनपाठकका लागि संस्थाले सहयोग गरेको बताएका छन् ।

ज्ञानोदय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि लक्ष्मी नेपाली, शिक्षक अभिभावक संघका मनोज राई, प्रधानाध्यापक सोमराज बाँस्तोला, समाजसेवी हेम थापा लगायतले मन्तव्य राख्दै सो कार्यको प्रशंसा गरेका थिए ।

शिक्षक दिलबहादुर राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको औचित्य फाउन्डेसनका सचिव श्याम लाप्चाले पुष्टि गरेका थिए ।
शिक्षक योगेन्द्र राईले सञ्चालन गरेको कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष गोमा बस्नेत, सदस्य सुशील खुलाल, अनिल दहाल, पुजा खडका, स्थानीयय सुराज दहाल सहित विद्यार्थी अभिभावकको उपस्थिति थियो ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar