Search
Close this search box.
Search
Close this search box.

अझै खुलेन मालिकार्जुन गाउँपालिकामा लगाइएको ताला

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा लगाएको ताला अझै खुलाइएको छैन । गाउँपालिकाको प्रशासकीय भवन थकतोली सार्ने निर्णय गरेको भन्दै त्यहॉका स्थानीयहरुले तालाबन्दी गरेका हुन् । गाउँपालिकाको प्रशासकीय भवन शंकरपुर बजार क्षेत्रकै आसपासमा हुनुपर्ने मागसहित व्यापारीलगायत स्थानीयले तालाबन्दी गरेको स्थानीय स्टार प्रसाद पन्तले बताए ।

शुक्रबारबाट प्रशासकीय भवन साविककै ठाउँ नजिक हुर्नुै पर्ने माग राख्दै गाउँपालिकाका कार्यलयमा तालाबन्दी गरिएको भए पनि गाउँपालिकाको तर्फ बाट कुनै त्यसको लागी कुनै पहल नभएको भन्दै स्थानीय हरुले गुनासो गरेका छन। तालाबन्दी गर्ने पक्षले गाउँपालिकाको निर्णय फिर्ताका लागि सुरेशसिह धामीको अध्यक्षतामा १५ सदस्यीय संघर्ष समिति गठन गरेका थिए। संघर्ष समिति अध्यक्ष सुरेश धामीको अध्यक्षतामा बसेको बैठकले कार्यालयमा लगाएको तालाबन्दी जारी राख्ने निर्णय गरेको छ ।

गाउँपालिकामा तालाबन्दी हुँदा कार्यालयको सेवा प्रवाह ठप्प भएको छ । गाउँपालिकाले दिने सम्पुर्ण कामकाज बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले खानेपानीको निक्कै अभाव , ५ रोपनी जमिन चाहिने भएको ले कमजोर जमिन र सम्म नपरेको ठाउँका कारण कार्यालय सार्नु परेको बताएका छन ।आज मिटिङ राखी समस्याको समाधान गरेर कार्यालय खोलिने अध्यक्ष धामीले बताएका छन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *