अण्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप पुरुष फुटबल प्रतियोगिता हुदै ।

दिपेन्द्र लुईटेल भोजपुर । बिहानी फुटवल क्लव भोजपुरको आयोजना तथा जिल्ला फुटवल संघको संयोजनमा बिद्यालय स्तरीय प्रतियोगिता भोलि देखि सञ्चालन हुदैछ । असोज २ गतेबाट संचालन हुने अण्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप पुरुष फुटबल प्रतियोगितामा १४ विद्यालयले सहभागिता जनाउने भएका छन् । दोश्रो संस्करणको रुपमा हुने प्रतियोगिताको टिम र तालिका सोमवार सार्वजनिक गरिएको छ ।

बिहानी फुटवल क्लव भोजपुरको आयोजना तथा जिल्ला फुटवल संघको संयोजनमा बिद्यालय स्तरीय प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष रिपेश भुजेलले जानकारी दिनुभयो । आयोजक संस्थाले सोमवार टिम सहितको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा ग्रुप ए तर्फ चण्डेश्वरी मावि नागी, सगरमाथा बोडिङ स्कुल भोजपुर, पञ्चकन्या मावि बोखिम, जनकल्याण मावि आम्तेक, जनसेवा आवि भोजपुर, बिद्योदय मावि भोजपुर र यशोधरा मावि टक्सार सहभागि हुने छ ।

EPIC EPIC EPIC EPIC EPIC

यस्तै ग्रुप बि तर्फ षडानन्द मावि दिङला, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी भोजपुर, सिद्धेश्वर मावि दाँवा, भोजपुर एकाडेमी, अन्नपूर्ण बागधन रणदिपा मावि अन्नपूर्ण, सिद्धकाली बोडिङ स्कुल भोजपुर र सिंहदेवी मावि हेलौछा सहभागि हुने आयोजक बिहानी फुटवल क्लवले जनाएको छ ।

प्रतियोगितामा बिजेता हुने टिमलाई नगद ४४ हजार चार सय ४४ र उपबिजेतालाई नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिता तर्फ बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटवल क्लवले जनाएको छ । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा संचालन हुने प्रतियोगिता असोज २ गते देखि असोज ५ गतेसम्म हुनेछ । प्रतियोगितामा समावेश हुनका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *