Search
Close this search box.
Search
Close this search box.

अत्याधिक गर्मीका कारण झापामा एकैदिन दुईजनाको मृत्यु

झापा। अत्याधिक गर्मीका कारण झापामा दुईजनाको मृत्यु भएको छ । मेचीनगरमा सडकमा हिँड्दा हिँड्दै एकजना पैदलयात्रीको मृत्यु भएको हो।

आज अपरान्ह ५.३० बजेतिर मेचीनगर–९ का ७४ वर्षी नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए। मेचीनगर ९ का वडा सदस्य धनबहादुर श्रेष्ठका पिता नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

छिमेकीका अनुसार आज दिउँसो धुलाबारीमा आयोजना गरिएको भोजमा सहभागी भएर उनी घर फर्किएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीयले अत्याधिक गर्मीका कारण नरबहादुरको मृत्यु भएको अनुमान गरेका छन् ।

त्यस्तै, आज अपरान्ह बुद्धशान्तिको जयपुरमा एक बेवारिसे शव फेला परेको छ । मागिखाई हिड्ने अन्दाजी ६०/६५ वर्षका पुरुष बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गर्मीका कारण उनी पनि ढलेको हुनसक्ने आशंका गरिएको छ । आज झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *