काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणमा अधिकृत तहको जागिर छाडेर काभ्रेको बनेपा नगरपालिकाको मेयर पदमा उठेका कञ्चनराज गिरी फेरि अधिकृत बनेका छन् ।
निर्वाचनमा पराजित भएसँगै हुँदाखाँदाको सरकारी जागिर छाडेर राजनीतिमा लागेको भन्दै आलोचना खेपेका गिरीले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान(नाथम)मा अधिकृत तहमा नाम निकालेका हुन् ।
गतवर्ष नै दिएको परीक्षामा पहिलो नम्बरमा नाम निकालेपछि फेरि सरकारी अधिकृत भएका उनले नियुक्त पत्र बुझेर काम नै शुरु गरिसकेका छन् ।