झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउने भएका छन्।
अध्यक्ष ओली आज बिहान १० बजे चन्द्रगढी विमानस्थल हुँदै इलाम जाने कार्यक्रम रहेको छ। इलाममा पार्टीद्वारा आयोजित कार्यक्रममा सहभागी भएपछि उनी झापा फर्किनेछन्।
अध्यक्ष ओलीले भोलि ३१ गते दिउँसो १२ बजे बिर्तामोडस्थित सिटी सेन्टर साई पार्टी प्यालेसमा नेकपा एमाले जिल्ला कमिटी झापाले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष ओलीको झापा आगमनसँगै एमाले नेता–कार्यकर्ता तथा समर्थकहरूमा उत्साह बढेको छ। जागरण सभामा जिल्लाका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।



















