अनियमितताको आरोपमा दुई एसपी र एक इन्सपेक्टरलाई ६ महिना निलम्बन

काठमाडौं । नेपाल प्रहरीले दुईजना प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षकलाई निलम्बन गरेको छ।

EPIC

अनियमितता गरेको आरोपमा एसपी रामेश्वरप्रसाद यादव, विमल बस्नेत र प्रहरी निरीक्षक मेघप्रसाद चौरसिया निलम्बनमा परेका हुन्।

प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार उनीहरूमाथि प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको आरोप छ। उनीहरूको निलम्बन अवधि ६ महिना रहेको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar