Search
Close this search box.
Search
Close this search box.

अनेरास्ववियु बुद्धशान्तिले वक्तृत्वकलाको आयोजना गर्दै, सहभागी हुन विद्यार्थीलाई आग्रह

बुद्धशान्ति – कोरोना कहरको बेला देशनै संकटमा रहिआएको अवस्थामा विद्यार्थीको प्रतिभा प्रस्पोट्न गर्ने उदेश्यले अनेरास्ववियु बुद्धशान्ति गाउँकमिटीले वक्तृत्वकला आयोजना गर्ने भएको छ ।

संकटका बेला घरमै बसेका बुद्धशान्ति गाउँपालिकाका विद्यार्थीलाई लक्षीत गर्दै अनेरास्ववियु बुद्धशान्ति गाउँकमिटी ले “कोभिड-१९ ले विधार्थी जीवन मा पारेका असर र त्यसका समाधानहरु” शिर्षकमा  वक्तृत्वकला प्रतियोगिता गराउन लागेको हो ।

EPIC

यस प्रतियोगिता बुद्धशान्ति गाउँपालिका अन्तर्गतका विद्यालय र क्याम्पसमा अध्ययन् गरिरहेका विधार्थीहरुले भाग लिन पाउने बताइएको छ । यसका साथै बुद्धशान्ति स्थायी ठेगाना भई हाल बुद्धशान्ति बाहिर कतै अध्ययन् गरिरहेका विधार्थीहरुले पनि सहभागी हुन पाउने अनेरास्ववियु बुद्धशान्तिका अध्यक्ष रोशन भट्टराई उपाध्यायले बताएका छन् ।

सहभागीलाई यस्ता छन् नियमहरु :

१) वक्ताले आफ्नो भनाई ५ मिनेटमा सक्नुपर्नेछ । समय सीमा समाप्त भएपछिका कुराहरुको मुल्याङ्कन हुनेछैन ।

२) विषय-वस्तु, मौलिकता, भाषाशैली, प्रस्तुती, तार्किकता र निश्कर्षका आधारमा ७० प्रतिशत मुल्याङ्कन गरीनेछ र बाँकी ३०% react र share बाट प्रदान गरीनेछ ।

२) react लाई एक अंक र share (public) लाई दुई अंक दिईनेछ । public नगरीएको share मान्य हुनेछैन ।

३) कुनै टिपोट वा पुस्तक हेरेर बोल्न पाईनेछैन ।

४) वक्ताले सभ्य, शिष्ट र प्रष्ट भाषा प्रयोग गर्नुपर्नेछ ।

५) वक्ताले तयार गरेको भिडियोमा cut या कुनै पनि प्रकारको editing मान्य हुनेछैन ।

६) भिडियो क्वालिटी बुझिने गरी हुनुपर्नेछ ।

७) निर्णायक मण्डलको निर्णय नै सर्वमान्य हुनेछ ।

८) भिडियो बुझाउने अन्तिम मिति असार ३०गते । र, react, share गणना हुने अन्तिम मिति साउन ५ गते सम्म रहनेछ ।
९) भिडियो annfsubuddhashanti@gmail.com मा मेल गर्न सकिने बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *