अनेरास्ववियु सीतारमेश क्याम्पस कमिटीद्धारा भण्डारीको जन्म जयन्तीमा वृक्षरोपण

बुद्धशान्ति – अनेरास्ववियु सीतारमेश बहुमुखी क्याम्पस कमिटीले मंगलबार जननेता स्वर्गीय मदन भण्डारीको ७० औं जन्म जयन्तीको अवसरमा वृक्षरोपण कार्यक्रम गरेको छ ।

अध्यक्ष प्रदिप बर्देवाको अध्यक्षता , अनेरास्ववियु झापा जिल्ला सह-संयोजक नारायण पोख्रेलको प्रमुख आतिथ्यता , नेकपा बुद्धशान्ति अध्यक्ष टिका पाठकको विशिष्ट आतिथ्यता , अनेरास्ववियु झापा जिल्ला सदस्य मदन ओलि ,अनेरास्ववियु झापा जिल्ला सदस्य तथा बुद्धशान्ति गाउँ कमिटी इन्चार्ज बिदन समीर साम्पाङ्ग, अनेरास्ववियु झापा जिल्ला सदस्य छितिज खड्का , अनेरास्ववियु बुद्धशान्ति गाउँ कमिटी संयोजक रोशन भट्टराई ,बिर्तामोड नगर कमिटी संयोजक सन्तोष तिम्सिना तथा अर्जुनधारा नगर कमिटी संयोजक निर्जन पाठक ,सीतारमेश बहुमुखी क्याम्पस प्रमुख केशव ढुङ्गेल,शिक्षक नेत्र नेपालको आतिथ्यता तथा अन्य शिक्षक तथा विद्यार्थी सहभागी रहेको कार्यक्रम संचालन अनेरास्ववियु सीतारमेश क्याम्पस कमिटिका सह-सचिव मौसम अधिकारीले गरेका थिए भने कमिटिका कोषाध्यक्ष गोविन्द ढुङ्गेलले उपस्थित अतिथि तथा विद्यार्थीहरुलाई स्वागत गरेर कार्यक्रम सुरु गरिएको थियो।

EPIC EPIC EPIC

वृक्षारोपण कार्यक्रममा सीता रमेश क्याम्पसको कम्पाउण्ड भित्र प्रमुख अतिथि तथा विशिष्ट अतिथिले संयुक्त रुपमा रुख तथा फुलको बिरुवा रोपेर उद्घघाटन गर्नुभएको थियो । कमिटीले क्याम्पसमा विभिन्न जातक ज्ञण् वटा बिरुवा र बुद्धशान्तीका अन्य स्थानहरूमा पनी रोपेको छ । बढ्दो बाताबरण प्रदुषण र चरम अक्सिजनको अभावलाइ मध्यनजर गर्दै बिरुवा रोपेर अभियान सुरु गरेको बताइएको छ ।

सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरुका लागि आआफ्नो समुदायमा वृक्षारोपणको व्यापक अभियान चलाउँ भन्दै आगामि दिनमा विभिन्न स्थानमा वृक्षारोपण निरन्तर गर्दै जाने कमिटीका कोषाध्यक्ष गोविन्द ढुङ्गेलले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *