अनेरास्ववियू सीतारमेश क्याम्पस कमिटी घोषणा,अध्यक्षमा प्रदीप वर्देवा

बुद्धशान्ति । सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति -१ झापामा अनेरास्ववियू सीता रमेश क्याम्पस कमिटी घोषणा गरिएको छ।

EPIC

अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य रोशन लामाको प्रमुख आतिथ्यता तथा झापा जिल्ला सह संयोजक नारायण पोख्रेलको बिशिष्ट आतिथ्यतामा कमिटि गठन गरिएको हो ।
बुद्धशान्ति गाउँपालिका इन्चार्ज बिदान राई, मदन भण्डारी प्रतिष्ठानका नेता शम्भु कुमार यादव , युवा सामाजिक अभियान्तालक्ष्मी बर्देवा लगायतको आतिथ्यता रहेको थियो ।


३३ सदस्यीय अनेरास्ववियू सीता रमेश बहुमुखी क्याम्पस कमिटिको अध्यक्षमा प्रदीप वर्देवा चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा शृजना नेपाल, सचिवमा सुनिल पौडेल , सह सचिवमा माधव अधिकारी, कोषाध्यक्षमा गोबिन्द ढुङ्गेल चयन भएका छन् । उनीहरुलाई प्रमुख अतिथि, बिशिष्ट अतिथि तथा अतिथिहरुले सफलताको शुभकामना दिएका थिए ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar