दिपेन्द्र लुईटेल भोजपुर । भोजपुर सदरमुकाम स्थित टुडिखेलमा सञ्चालन भएको जिल्लाकै प्रतिष्ठित छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगितामा सेमिफाइनलको खेलमा एभिनियर फुडबल क्लब क्यामरुनले आयोजक भोजपुरलाई पराजित गरि बिजेता बनेको छ ।
आज भएको फाईनल खेलमा जिल्ला फुडबल संघ भोजपुर र क्यामरुङ बिच खेल भएको थियो ।भोजपुरलाई शुन्य विरुद्ध २ गोल गर्दै क्यामरुन बिजेता बनेको हो । सम्पन्न खेलमा दोश्रो हापमा क्यामरुनको तर्फ बाट नगुनी र तिम्बा तिम्बा एक एक गोल गर्दै जित हासिल गरेको हो ।
खेलमा विजेताले उपाधि नगद रु ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र र उपविजेताले रु ३ लाख मेडल र प्रमाणपत्र र प्राप्त गरेका छन ।