Search
Close this search box.
Search
Close this search box.

अपहरण गरी ५० हजार फिरौती मागेको आरोपमा वीरगन्जमा दुई जना पक्राउ

काठमाडौं । अपहरण गरी फिरौती रकम असुलेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ इनर्वाका ३० वर्षीय सन्तोष दास तत्मा र वीरगन्ज महानगरपालिका-१६ नगवाका ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन् ।  

EPIC

उनीहरूलाई इनर्वाबाट अपहरणमा प्रयोग गरिएको मोटरसाइकल र फिरौती रकमसहित पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । लम्सालका अनुसार मंसिर ९ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ का ४१ वर्षीय शेख सा महमदले अपहरणपछि फिरौती रकम मागेको भन्दै जाहेरी दिएका थिए ।

उनीबाट सोही दिन दिउँसो साढे १ बजे फिरौतीबापतको ५० हजार रुपैयाँ लिँदै गर्दा दुबै जनालाई पक्राउ गरिएको लम्सालले बताए । अपहरणमा संलग्नले दुई वटा मोटरसाइकल प्रयोग गरेका थिए । मधेस प्रदेश ०३-०२५प ३९८० र भारतीय नम्बर प्लेटको बिआर०५एयु ९७४५ नम्बरको मोटरसाइकलसमेत बरामद भएको लम्सालले बताए ।

दुबै जनालाई पर्सा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *