गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ।
बुद्धशान्तिमा सोमबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आफ्नो पदभार सम्हालेका छन्।
वडासचिव हरी प्रधानले कलशमा रहेको जल सिन्चित गर्दै वाग्ले र अन्य निर्वाचित प्रतिनिधिलाई स्वागत गरेका थिए।
नवनिर्वाचित अध्यक्ष वाग्लेले वडामा परेको एक निवेदनमा तोक लगाउदै काम सुचारु भएको घोषणा गरेका थिए।
वडामा रहेका अति बिपन्न एवं अपाङ्ग नागरिकलाई वडाले नै स्वास्थ बिमा गर्नेगरी उनले निवेदनमा हस्ताक्षर गरेका हुन्।
निवेदनमा तोक लगाउदै वाग्ले भन्छन् ” हामिले पहिलो कामको रुपमा अपाङ्गता र अति विपन्न वडाबासिलाई स्वास्थ बिमा मार्फत सेवा प्रदान गरेका हौं,कुनै न कुनै ढङ्गले हामि सम्पुर्ण वडावासिको सेवा गर्नेछौं, कसैले गुनासो गर्नपर्ने स्थिति हामि आउन दिने छैनौं।’
उनले निर्वाचित प्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर अघि बढ्ने बताए।
वाग्लेसँगै सदस्यहरुमा तुलसा खतिवडा रेग्मी,लक्ष्मि कडेल, मोहनकुमार राई, सुमित्रा रसाईलिले पनि कार्यभार जिम्मा लिएका छन्।