Search
Close this search box.
Search
Close this search box.

अफगानिस्तानमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

लश्कर गाह, अफगानिस्तान (रासस/सिन्ह्वा)- दक्षिणी अफगानिस्तानको हेलमान्ड प्रान्तमा एक परिवार बोकेको एउटा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले जनाएको छ।

प्रदेशको बाबाजी जिल्लामा गाडी अनियन्त्रित भई गहिरो खाडलमा खसेर दुर्घटना हुँदा महिला तथा बालबालिकासहित ६ जनाको घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ।

EPIC EPIC EPIC

गत हप्ता उत्तरी बदख्सान प्रान्तमा एउटा जीप नदीमा खस्दा ६ यात्रुले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *