Search
Close this search box.
Search
Close this search box.

अबको मुख्य एजेण्डा लागुऔषध न्यूनिकरण

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकामा धेरै वडाहरु युवा जनप्रतिनिधिहरुले नेतृत्व गरिरहेका छन् । त्यस्तै युवाले बिर्तामोड वडा नं.३ मा पनि नेतृत्व गरिरहेका छन् । संमृद्धिका लागि युवा नेतृत्व छानेका बिर्तामोड ३ का मतदातालाई काम गरेर देखाइरहेका वडाध्यक्ष मदन बुढाथोकीले फूल रोपेर वडाको मुहारमा सौन्दर्यता बढाएका छन् । वडालाई फूलैपूmलको सौन्दर्यता प्रदान गरेका उनी वडाको अलग्गै पहिचान बनाउन सफल भएका छन् ।

बिर्तामोडको मुक्तिचोक दक्षिण जादैं गर्दा सडकका दुवै भागमा फूल रोपिएका छन् । वडाकै नेतृत्वमा सडकको दुवै किनारमा फुल रोपियो । अहिले वडा नं. ३ ले बिर्ताबजार क्षेत्रमा फूल फुलाइसकेको छ । वडा अध्यक्षको जिम्मेवारी लिनासाथ वृक्षरोपण र सरसफाईलाई प्राथमिकता दिएका अध्यक्ष बुढाथोकीले हरियाली वडाको सपना देखेर काम थालेका हुन् । स्वच्छ र हराभरा वडाको परिकल्पना गरेका वडाध्यक्ष बुढाथोकी सपना विस्तारै पुरा हुदै जानेमा ढुक्क छन् । पहिलो चरणमा उनले वृक्षरोपण गरेको ७० प्रतिशत सफलता हासिल गरेको जनाएका छन् ।

वडा कार्यालयले गर्ने नियमित कामहरुलाई थप सहज र सुविधायुक्त बनाइरहेको अध्यक्ष बुढाथोकीको भनाई छ । आम नागरिकले सेवा लिन आउँदा कुनै पनि दुख कष्ट भोग्न नपरोस् भन्ने उनको चहाना छ । सोही अनुसारको केहि काम गर्ने सिस्टमहरुलाई सरल बनाइएको छ । उनले वडा कार्यालय अगाडि कुन काम कति समय लाग्छ ? भन्ने जानकारी समेत राखिदिएका छन् । उनले वडावासीको प्रत्यक्ष सम्बन्ध हुने कामलाई व्यवस्थित गर्न कार्यालय व्यवस्थापनलाई जोड दिएका छन् ।

वडाध्यक्षको जिम्मेवारी पाएको दुई वर्षमा वडा नं.३ ले बिर्ताबजार क्षेत्रको अस्तव्यस्त बजार, टहरालाई व्यवस्थित गर्न सफल भएको छ । बजारलाई अलग्गै व्यवस्थापन मिलाएको छ भने व्यवस्थित बजार समेत निर्माण गरेको छ । व्यापारिक कम्प्लेक्स निर्माण अन्तिम चरणमा पुराईसकेको उनको भनाई छ । हरियाली वडाको मिसनमा लागेका जनप्रतिनिधिहरुले सरसफाईसँगै सडक क्षेत्रमा निर्माण सामग्री समेत राख्न प्रतिवन्ध लगाएका छन् । दुर्घटनाको जोखिम हुने र फोहोर हुने भएपछि निर्माण सामग्री राख्न मनाही गरिएको छ । वडाले जवरजस्ती राख्नेलाई सम्झाउने, सम्झाउदा समेत नटेर्नेको सामग्री नै उठाएर सार्वजनिक प्रयोग गर्ने गरेको छ । कतै आवश्यक परेमा पुरुवाको रुपमा प्रयोग गर्ने गरेको बताइएको छ ।

वडाले अर्को महत्वपूर्ण काम भनेको कुरुप प्रचार सामग्री पनि हटाउने गरेको छ । विजुलीका पोलहरुमा राखिने सामग्रीलाई पूर्ण रुपमा निषेध गरेको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । उनले मेची आँखा अस्पताल क्षेत्रको तानातान गर्ने प्रवृत्तिको पनि अन्त्य गरिएको बताए । मेची आँखा अस्पताल क्षेत्र बाहिर हुने अस्तव्यस्त व्यवहारहरुमा सुधार ल्याएको छौं, उनले थपे ।

बिर्तामोड ३ लाई भ्रष्टाचाररहित वडा बनाउदै बिना दवाव र प्रभावमा बजेट, स्रोत साधन बमोजिम काम गरिरहेको वडाध्यक्ष बुढाथोकीको भनाई छ । उनले वडाबासीको माग बमोजिम कार्यक्रमहरु सञ्चालन भएको बताए । पूर्वाधार तर्फ विराटपोखरलाई पर्यटकीय स्थलको रुपमा निर्माण गर्न लगानी गरिएको छ । विराटपोखरलाई विकास गर्न तीब्रताका साथ काम गरिरहेको अवस्था छ ।

यस्तै, नगर अस्पतालमा थप भवन निर्माण भइरहेको छ । डोमालाल राजवंशी रंगशालामा पनि घेरावाराको काम चलिरहेको छ । ७-८ वटा बाटोहरुमा पेवर्स लगाउने काम सकिएको छ भने अझै ११ वटा बाटोमा थप गरिदैछ । त्यसमा जनताको समेत २० प्रतिशत लगानी हुने वडाध्यक्षको भनाई छ । नगर र वडाको ४०-४० प्रतिशत लगानी हुने छ ।
कपडा, कृषि र फलफूल व्यापार गर्ने ६५ व्यवसायीहरुलाई नयाँ कम्प्लेक्स बनेपछि व्यवसायका लागि ठाउँ दिने सहमति भएको थियो । सो सहमति अनुसार व्यवसाय गर्न दिने वडाध्यक्ष बुढाथोकीले बताए । उनले स्थान्तरण गरिएका व्यापारीहरुलाई पुरानै ठाउँमा सारिने बताए ।

शिक्षा क्षेत्रमा निगरानी र अनुगमन गर्दै आएका जनप्रतिनिधिहरुले सिकाई प्रभावकारी हुनुपर्ने सूझाव दिदैं आएका छन् । जनप्रतिनिधिहरुले विद्यालयको व्यवस्थापकीय पाटोमा चासो दिई विद्यालयलाई व्यवस्थित गर्न सहयोग गरेको बताए । यस्तै, वडाध्यक्ष बढाथोकीले अघिल्लो वर्ष सञ्चालित तालिमहरु उपलब्धी मुलक नभएको स्पष्ट पारेका छन् । आगामी दिनहरुमा के गर्दा ठिक हुन्छ त्यस तर्फ ध्यान दिने धारणा राखे ।

वडावासीको मुख्य माग भनेको खानेपानी, बाटो, विजुली, विद्यालय नै हो । लगभग वडामा यस प्रकारका सेवाहरु उपलब्ध गराउने काम भइसकेको छ । थप आवश्यक ठाउँहरुमा थप्दै जाने छदैछ । सहजै विद्यालय शिक्षा पाइयोस् भन्ने अभिभावकहरुको चहाना हुन्छ । त्यसलाई पनि मध्यनजर गरेर काम गरिरहेका छौं, उनले थपे ।

गरिव विपन्न नागरिकलाई राज्यबाट प्राप्त हुने सुविधाको बारेमा जानकारी दिन नसकिएको उनको भनाई छ । बालबालिकाहरुलाई विद्यालय पठाउनुपर्ने, लागुऔषध दुव्र्यसनमा लाग्नबाट जोगाउने उपाय बारे अभिभावकहरुलाई सजग गराउन जररी रहेको छ । वडाध्यक्ष बुढाथोकीले यो वर्ष अभिभावक सजग गराउन वडाले कार्यक्रम नै सञ्चालन गर्ने बताए । उनका अनुसार बालबालिकाहरुलाई कसरी हेरचाह गर्ने जस्ता ज्ञान दिन आवश्यक छ । आगामी दिनहरुमा त्यसतर्फ ख्याल गरिनेछ ।

रोजगार सिर्जना गर्ने सन्दर्भमा यसअघिका धेरै तालिमहरु उपलब्धी शुन्यजस्तै भयो । सीप तालिम मात्र सञ्चालन गरेर हुदैन । त्यसका लागि वीउँ पुँजीको व्यवस्था हुनुपर्ने वडाध्यक्षको माग छ । सीप छ, पुँजी छैन भने के गर्नु ? त्यस्तो अवस्थामा सहयोग गर्नैपर्छ । त्यस तर्फ पनि वडाको ध्यान पुगेको छ । वडाले खासगरी युवाहरुलाई सकारात्मक अभियानमा जोड्न विभिन्न कार्यक्रमहरु गरिरहेकै छ । एउटा उदाहरण भन्ने हो भने वडाको वृक्षरोपण नै हो । युवालाई त्यसरी जोडिएको छ , वडामा आउने सेवाग्राहीहरुलाई विना भेदभाव सेवा प्रदान गर्ने गरिएको छ ।

वडाले आगामी वर्षमा सरसफाई, वृक्षरोपण र लागुऔषध न्यूनिकरण, जनचेतना अभिवृद्धिलाई मुख्य प्राथमिकतामा राख्ने छ । युवाहरुलाई कुलतबाट जोगाउन अभिभावकको पनि सहयोग लिएर काम गर्ने योजना छ । वडामा दुव्र्यसनको असर खोजी गर्दै जाँदा धेरै दुखद् अवस्था भेटिन्छ । यसैले वडाको आगामी वर्षको मुख्य योजना नै लागुऔषध न्यूनिकरण कार्यक्रम हुने वडाध्यक्ष बुढाथोकीले बताए ।

वडाध्यक्ष बुढाथोकी भन्छन्, हरेक जनप्रतिनिधिहरुको आफ्नै सपना हुन्छ । आफुले नेतृत्व गरेको ठाउँलाई सबैले स्मरण गर्न सक्ने बनाऔं भन्ने नै हुन्छ । त्यसका लागि बजेटकै अभाव हुन्छ । तर, पनि वडामा खुला व्यायामशाला, बिर्ताबजारलाई रात्रीकालिन सञ्चालन, वृक्षरोपण अभियानलाई निरन्तरता दिने योजना रहेको बुढाथोकीको भनाई छ । ठुला–ठुला लाइटको व्यवस्था मिलाएर रात्रीकालिन बजार सञ्चालनका लागि अघि बढेको उनले बताए । साना व्यवसायीहरुलाई जीवन चलाउनका लागि आवश्यक मद्दत गर्दै जाने योजना छ । वडाले सबैको आवाजलाई सम्बोधन गर्न आवश्यक हुन्छ । उनले थपे, सबैको चित्त बुझाउन नसकिएका तर, धेरै बुझाउने प्रयास हुनेछ ।इजलास

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *