Search
Close this search box.
Search
Close this search box.

अमेरिकामा फेरि बढ्यो कोरोना संक्रमण र मृत्युदर


एजेन्सी । अमेरिकामा हालसम्म ७५ लाख हाराहारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अमेरिका विश्वमै सबैभन्दा बढी संक्रमण भेटिएको देश पनि हो । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै कोरोना संक्रमण भएपछि अहिले उपचारत छन् । यो घटनाबाट पनि अमेरिका कोरोनाबाट कति जोखिममा छ भनेर अनुमान लगाउन सकिने विश्लेषकहरूको भनाइ छ ।

गत मार्चमा सामाजिक दूरीको नियमले संक्रमणको संख्यालाई केही कम गरेको थियो । मेसम्म पनि संक्रमितको संख्या स्थिरजस्तै देखिएको थियो । तर, जब राज्यहरूमा लकडाउन हटाइयो, संक्रमितको संख्या फेरि बढ्न थाल्यो । त्यसरी गत जुलाईसम्म अमेरिका विश्वमै सबैभन्दा बढी संक्रमित हुने देश बन्न पुग्यो ।

‘समर हटस्पट’ एरिजोना, फ्लोरिडा र क्यालिफोर्नियाजस्ता राज्यले संक्रमण संख्या केही नियन्त्रणमा लिएका थिए । तर, उत्तर डाकोटा, दक्षिण डाकोटा र विस्कन्सिनलगायत क्षेत्र संक्रमणको नयाँ हटस्पट बन्न पुगे । हालैको सातामा नियमित रूपमा संक्रमणको संख्या बढिरहेको छ ।

पछिल्लो तीन साता निरन्तर रूपमा संक्रमित बढिरहेका छन् । जुलाई र अगस्टमा जस्तै कीर्तिमानी संख्या छुन नसके पनि पछिल्ला केही साता अमेरिकामा निरन्तर रूपमा संक्रमण बढिरहेको छ । अहिले प्रतिदिन ४० हजारको हाराहारीमा संक्रमण देखिएको छ ।

संक्रमित भएर अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दो छ । कोभिड ट्रयाकिङ प्रोजेक्टले तयार पारेको रिपोर्टअनुसार गत जुलाईपछि पहिलोपटक संक्रमणका कारण बिरामी भएर अस्पताल भर्ना हुनेको संख्या बढ्दो अवस्थामा छ । यो अवस्थाले अमेरिका भाइरस संक्रमणबाट थप ध्वस्त बन्ने सम्भावना देखिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *