Search
Close this search box.
Search
Close this search box.

अमेरिकाले रोक्यो चिनियाँ कपास

काठमाडौं। अमेरिकाले चीनको कपास आयातमा रोक लगाएको छ। झिजियाङ सरकारी संगठनको कपास आयातमा अमेरिकाले रोक लगाएको होमल्यान्ड सुरक्षा विभाग (डीएचएस) ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।

अमेरिकाको डीएचएसले सबै अमेरिकी बन्दरगाहमा झिजियाङ उत्पादन तथा निर्माण कोरबाट आउने कपास तथा त्यसबाट उत्पादन हुने सामान ल्याउने जहाज रोकेको हो।

EPIC EPIC EPIC

विज्ञप्ति अनुसार सीमा शुल्क तथा सीमा सुरक्षा कार्यालयले श्रमिकको पीडाबारे जानकारी दिएको आधारमा रोक लगाइएको छ। यसबाट चिनियाँ निर्यात व्यापारमा असर पर्ने जनाइएको छ।

अमेरिकाले यसअघि पनि चीनमा निर्मित विभिन्न वस्तुमा शुल्क वृद्धि गरिसकेको छ। साथै, टिकटकलगायतका कतिपय भिडिओ र प्रविधिमाथि प्रतिबन्ध लगाएको छ। व्यापारिक दुनियाँले यसलाई चीन र अमेरिकाबीचको ‘व्यापार युद्ध’ विशेषण दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *