Search
Close this search box.
Search
Close this search box.

अर्जुनधाराका एक युवाको कोरोनाबाट मृत्यु 

झापा(अर्जुनधारा) – झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ६ का पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा आज बिहान कोशी हस्पिटल विराटनगरमा मृत्यु भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । ती संक्रमितको परिवारका चारैजना संक्रमित भएका थिए ।

गएको चैत १९ गते मृतकको स्वाब संकलन गरिएको थियो भने ३१ गते संक्रमण पुष्टि भएको थियो । मृतकको उमेर ३५ वर्ष रहेको छ ।

संक्रमणबाट गम्भीर बनेका दुई जनालाई उपचारका लागि विराटनगर लगिएकोमा एक जनाको मृत्यु भएको जनाइएको छ । उनकै परिवारका २ महिला र १ पुरुष अझै उपचाररत छन् ।

हिजो मात्र झापा गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३२ पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *