Search
Close this search box.
Search
Close this search box.

अर्जुनधाराको कञ्चनबारीमा सवारी दुर्घटना हुँदा स्थानीय युवकको मृत्यु

झापा । झापाको अर्जुनधारा -५ कञ्चनबारीस्थित मुसी चोकमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिपक बुढाथोकी रहेका छन् ।

झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकल र जेसीवीबीच सवारी दुर्घटना भएको थियो । दुर्घटनामा ३५ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको ज्यान गएको हो ।आज साँझ ६ः३० बजे दुर्घटना भएको ट्राफिक प्रहरी नायव निरीक्षक नारायण आचार्यले जानकारी दिए ।

प्र. ०१।०१। ०र१२प ७१५४ नम्बरको मोटरसाइकल र को १ क १८५७ नम्बरको जेसीवीबीच दुर्घटना भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल चालक बुढाथोकीको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।

तर, प्रहरीले घाइते अवस्थामा उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाएको छ ।जेसीवी चालक अर्जुनधारा ९ का सुदीप खनाल प्रहरीको सम्पर्कमा आएको र दुर्घटित सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको अस्थायी शनिश्चरे ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *