Search
Close this search box.
Search
Close this search box.

अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० मा सात दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।

वडा स्तरीय युवा परिषद् अर्जुनधारा नगरपालिका वडा नं.१० को आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नं.१० को आर्थिक सहयोगमा आजबाट तालिम सुरु भएको हो ।

पञ्चकन्या धाम सेवा समिति अर्जुनधारा नगरपालिका वडा नं.१० चुथाईको सभाहलमा आयोजित तालिममा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

उक्त तालिमको सहजीकरण विचार चौतारी युवा क्लबका अध्यक्ष तथा सञ्चारकर्मी हरिकृष्ण भण्डारी र आगन एफ.एमका कार्यक्रम प्रस्तोता अच्युत सुवेदीले गरेका छन् ।

युवा परिषद् अर्जुनधारा नगरपालिका वडा नं.१० का संयोजक केशव सन्जेलको अध्यक्षतामा भएको तालिम उद्धघाटन समारोहको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका वडा नं.१० का वडाध्यक्ष बलदेवसिंह गोम्देन तामाङ रहेका थिए ।

उक्त तालिम उद्धघाटन समारोहमा अर्जुनधारा नगरपालिका प्रवक्ता सकुन्तला बराल, वडा सदस्य भोला गौतम,सीता परियार,पत्रकार उमेश खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

युवा परिषद् अर्जुनधारा नगरपालिका वडा नं.१० का संयोजक सन्जेलले स्वागत मन्तव्यसहित औचित्य माथि प्रकाश पारेको उद्धघाटन समारोहको सञ्चालन विचार चौतारी युवा क्लबका सदस्य उत्सव भट्टराईले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *