Search
Close this search box.
Search
Close this search box.

अर्जुनधारा जलेश्वरधाममा ८ गतेदेखि महायज्ञ : श्रीश्रीश्री १००८ कृष्णानन्द जी महाराज कालिदास आउने

अर्जुनधारा/ पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बाला चतुर्दशी मेलाको आयोजना गरिने भएको छ । धामको ४२ औं वार्षिक अनुष्ठानको अवसरमा मंसीर ८ देखि १५ गतेसम्म धार्मिक  महायज्ञ हुने भएको हो । 

धामका अध्यक्ष नवीन गट्टानीको विशेष पहलमा भारतको मुम्बईबाट  धार्मिक गुरु श्री श्री श्री १००८ कृष्णानन्द जी महाराज कालिदास (काली बाबा) प्रमुख आतिथ्य रहने धामले जनाएको छ । साथै श्रीकृष्ण प्रणामी धर्मका मंगलधाम कालिम्पोङका गादीपति गुरुजी  श्री १०८ मोहन प्रियाचार्य बिशेष आतिथ्यमा मंसीर ८ गते कार्यक्रमको उद्घाटन हुने धामले जनाएको छ ।  

EPIC

धामको ५० लाखको अक्षयकोष रहेको साथै सो कोषलाई दुई करोड रुपैयाँ पुर्याउने लक्ष्य साथ महायज्ञको आयोजना गरिएको हो । अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य कुवेर सुवेदीको व्यासत्व (मुल वाचक) र महायज्ञमा मूल अर्चक अग्निप्रसाद सिग्देल सह–आचार्य सहवाचक रहने र भारतबाट  आचार्य ब्राम्हणहरुको समेत उपस्थिति रहने धामले जनाएको छ । 

उक्त महायज्ञमा भारतका प्रतिष्ठित गुरुहरु साथै धार्मिक ब्यतित्वहरुलगायत एकै पटकमा करिव २ हजार जनाको उपस्थिति रहने र समापनमा ५ हजार भन्दा बढी हुने बुझिएको  धामले जनाएको छ ।  उक्त महायज्ञमा महायज्ञ अवधिभरमा सहयोग रसिद, भागवत भेटी, गङ्गा आरती, बजार स्टल, यजमान, अक्षयकोष र अन्यसहित दुई करोड १६ लाख आम्दानी हुने र  विभिन्न शीर्षकमा ९५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान धामले गरेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *