अर्जुनधारा जलेश्वर धामको अनुष्ठान कोठामा सिमित, पुराण अनलाईन बाट सुन्न सकिने

बिष्णु श्रेष्ठ /झापा(अर्जुनधारा)– कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यस वर्ष अर्जुनधारा जलेश्वर धामको ३८ औं धार्मिक अनुष्ठान कोठामा सिमित हुने भएको छ ।

EPIC

कोरोना कहरले राष्ट्रलाई नै शोकाकूल र गाउँघरमा संक्रमण फैलने भएको हुँदा अनुष्ठानलाई भव्य नगर्ने भएको हो । धामले केहिसाता मात्रै स्थानीय संघसंस्था जनप्रतिनिधि र नगरका प्रतिनिधिबीच छलफल गर्दै अनुष्ठानलाई नरोक्ने तर, जे जसरि भएनी कार्यक्रम गर्ने निचोड निकालेको थियो ।

सोही अनुरुप मङ्सिर २३ गते देखि २८ गतेसम्म हुने अनुष्ठानमा पण्डित कुबेर सुबेदीले मुल बाचकको रूपमा भुमिका खेल्नेछन् ।कोरोना कहरका कारण धाम समितिले सम्पुर्ण धर्मावलम्बीलाई घरैबाट पुराण सुन्न , सुनाउन स्थानीय मिडिया, अन्लाईन, युटुव संग सहकार्य गर्ने बताइएको छ ।

मंसीर २३ गतेबाट अनुष्ठान सुरु गरिए पनि २८ गते बालाचतुर्दशीका दिन पितृ मोक्षका लागि आ–आफ्नो घरआँगनमै दीप प्रज्वलन गरि आफ्ना करेसाबारी वा तुलसीको वरिपरी सत्बीज छर्न धाम समितिका अध्यक्ष नविन गट्टानीले आग्रह गरेका छन् ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar