Search
Close this search box.
Search
Close this search box.

अर्जुनधारा नगरपालिकामा बुधबार शोक बिदा

झापा – अर्जुनधारा नगरपालिकाले भोली बुधबार शोक बिदा गरेको छ ।नगरपालिकाले कात्तिक २८ गते देवासन भएका ५ नम्बर वडा सदस्य कुन्दन भट्टराईप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै सार्वजनिक रुपमा शोक बिदा दिने निर्णय गरेको हो ।

भट्टराईले पु¥याएको योगदानलाई उच्च मुल्याङ्कन गर्दै नगरले भोली शोक बिदा दिने निर्णय गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । नगरपालिकाले बिहान १० बजे मृतक भट्टराईको तस्वीरमा पुष्प अर्पण गर्दै नगर सहित सम्पूर्ण वडा कार्यालय बिदा दिने भएको हो ।

नगरपालिकाले मृतक भट्टराईप्रति कार्यालयको मुख्य द्वारमा शोक पुस्तिका राखेर समवेदना प्रकट गर्दै आएको छ । साथै नगरपालिकाले भट्टराईको निवासमा पुगेर समेत श्रद्धाजली ब्यक्त गर्दै समवेदना प्रकट गरिसकेको छ । मृतक भट्टराई यसअघि गुठी संस्थाका महाप्रबन्धक साथै तत्कालिन अर्जुनधारा गाविसको अध्यक्ष समेत रहेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *