Search
Close this search box.
Search
Close this search box.

अलैंचीको मूल्य १२ वर्षयताकै उच्च, प्रतिमन १ लाख १० हजार रुपैयाँ

इलाम । इलाममा अलैंचीको मूल्यले नयाँ उचाइ लिएको छ। हाल उच्च गुणस्तरीय अलैंचीको प्रतिमन (४० किलो) मूल्य १ लाख १० हजार रुपैयाँ पुगेको छ । यो मूल्य १२ वर्षयताकै उच्च हो ।

रोगका कारण खेतीप्रति निराश भएका किसानहरू मूल्य वृद्धिले उत्साही भएका छन्। माइमझुवाका किसान गिरिराज खनालले पुराना बगान मासेर नयाँ बगान विस्तार गर्दै उत्पादन दोब्बर बनाएको बताए। खनालले भने, ‘अलैंची खेतीले विदेश जानुपर्ने बाध्यता हटाएको छ।’

EPIC EPIC EPIC

२०७९ सालमा प्रतिमन ३२,००० रुपैयाँ रहेको अलैंचीको मूल्य २०८० सालमा ६०,००० रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षको मङ्सिरसम्ममा करिब ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको २० लाख किलो अलैंची निर्यात भइसकेको मेची भन्सार कार्यालयले जनाएको छ।

इलामका विभिन्न बजार (बिब्ल्याँटे, फिक्कल, नयाँबजार) मा अलैंचीको कारोबार भइरहेको छ । अलैंचीको मूल्य उच्च भएसँगै किसानहरू बगान विस्तार, बिरुवा उत्पादन, र सरसफाइमा लागेका छन् । अलैंची विकास केन्द्रका अनुसार देशभर हाल १७ हजार हेक्टरमा अलैंची खेती भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *