ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता दिँदै आएको छ ।
नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताउनुभयो ।
६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिनुभयो ।