Search
Close this search box.
Search
Close this search box.

असोज महिनामा मात्र ८ हजार ९७ ले लिए श्रम स्वीकृति

रोकिएन युवा विदेशिने क्रम

काठमाडौं । दशैं, तिहार तथा विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका बीच पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीको क्रम यथावत रहेको छ ।

गत वर्ष फागुन ३० गतेदेखि रोकिएको श्रम स्वीकृति कोभिड–१९ संक्रमण केही कम भएको भन्दै सरकारले मध्य असारदेखि श्रम स्वीकृति दिन शुरु गरेको थियो ।

वैदेशिक रोजगार कार्यालय ताहाचलले गत असारमा श्रम स्वीकृति दिन थालिएपछि हालसम्म १५ हजार ५ सय २५ जना नेपाली वैदेशिक रोजगारीमा गएको जनाएको छ ।

असोज महिनामा ८ हजार ९७ जनालाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिइएको छ । त्यसअघि असारमा २ हजार ४ सय ९४, साउनमा २ हजार ९ सय ७९ जना र भदौमा १ हजार ५ सय २५ जनाले श्रम स्वीकृति लिएका थिए ।

उक्त कार्यालयले असोज एक गतेदेखि ३० गतेसम्म ७ हजार ६ सय ७६ पुरुष र ४ सय २१ महिलाहरुलाई श्रम स्वीकृति प्रदान गरिएको बताएको छ ।

वैदेशिक रोजगार कार्यालयका अनुसार असोज महिनामा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै साउदी अरब गएका छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई), कतार, मलेसिया, कुवेत, जापान जानका लागि श्रम स्वीकृति लिएका छन् । त्यसअघि यूएई जाने कामदारको संख्या बढी थियो ।

असोजमा २ हजार ६ सय ५१ कामदार यूएई जना श्रम स्वीकृति लिएका छन् । त्यसमा महिला कामदारको संख्या २ सय २५ रहेको छ ।

साउदी अरेवियामा ४ जना महिलासहित २ हजार ८ सय ३१ जना, कतार जान श्रम स्वीकृति लिने संख्या १२ महिलासहित १ हजार ३ सय ५१ जना, युरोपिय मुलुक क्रोएसिया जान ३४ महिलासहति १ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै अफगानिस्तान ७३ जना, बहराइनमा ७ महिलासहित १ सय १३ जना, इजिप्टमा ३० जना, २ महिलासहित जापानमा ६३ जना, ११ महिलासहित कुवेतमा १ सय ३ जना, २ महिलासहित मलेसियामा पनि १ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् ।

२३ जना महिलासहित माल्दिभ्समा १ सय ६ जना, ५ जना महिलासहित ओमानमा १ सय ६ जना, पोल्याण्ड र पोर्चुगलमा क्रमशः ३८ र ३६ जना गएका छन् । त्यस्तै ७१ जना महिलासहित टर्कीमा १ सय ६२ जनाले श्रम स्वीकृति लिएका छन् ।

कार्यालयले रोजगारदाता कम्पनीले करार सम्झौता अनुसारको तलव तथा सेवा सुविधा दिने लिखित प्रतिबद्धतापत्र जनाई सम्वन्धित मुलुकको नेपाली दूतावास र वैदेशिक रोजगार विभागमा इमेल पठाएमा श्रम स्वीकृति दिने गरेको छ ।

कार्यालयले विश्वका ५० भन्दा बढी देशमा रोजगारीका लागि जान नेपाली कामदारहरुलाई श्रम स्वीकृति दिइएको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *