Search
Close this search box.
Search
Close this search box.

अस्ट्रेलियामा होटलको छतबाट हेलिकप्टर खस्यो, पाइलटको मृत्यु

अस्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा अवस्थित हिल्टन होटलको छतमा सोमबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको छ।

दुई इन्जिन भएको उक्त हेलिकप्टर केयर्न्सको ट्रपिकल पर्यटकीय स्थलमा रहेको डबलट्री बाइ हिल्टन होटलको छतमा खसेको थियो।

EPIC EPIC EPIC

दुर्घटनापछि सयौंलाई होटलबाट सुरक्षित स्थानमा उद्धार गरिएको थियो। अस्ट्रेलियाली प्रहरीले होटल वरपर आपत्कालीन अवस्थाको घोषणा गरेको र दुर्घटनापछि चार सय जनालाई बाहिर निकालिएकाे जानकारी दिएकाे छ।

हेलिकप्टरको पंखा टुक्रिएर होटलको स्विमिङ पुलमा खसेको एक आपतकालीन सेवा अधिकारीले बताए।

हेलिकप्टरमा पाइलट एक्लै सवार रहेकाे बताइएकाे छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेकाे छ। तर हालसम्म उनकाे पहिचान भने खुल्न सकेकाे छैन्।

हेलिकप्टर ठोक्किएको स्थान नजिकैको कोठामा बसिरहेका दुई जनालाई धुवाँले श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ।

क्विन्सल्याण्ड एम्बुलेन्सकी सुपरभाइजर क्याटलिन डेनिङले हेलिकप्टरको पंखा खस्दा एउटा पंखा केयर्न्स इस्प्लानेडमा र अर्को पंखा होटलको तल्लो तलामा रहेको स्विमिङ पुलमा खसेको बताइन्।

अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्यूरोको सरकारी विशेषज्ञहरुको टोली दुर्घटनास्थलमा पठाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *