अस्पतालबाट बेपत्ता बिरामीको खोजीमा पोखराको सेती नदी बाँध खोलिने

उपचारका क्रममा अस्पतालबाट बेपत्ता एक युवककाे खोजीमा आज पोखराको सेती नदी बाँध (ड्याम) खोलिने भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज दिउँसो १२ देखि ४ बजेसम्म पोखरा १६, दीपस्थित ड्याम खोलेर युवकको खोजी गर्न लागेको हो।

EPIC EPIC EPIC

पोखरा लामाचौर बस्दै आएका तनहुँका १९ वर्षीय संगम मिश्र २ दिनअघि मणिपाल शिक्षण अस्पतालको इमरजेन्सी वार्डबाटै बेपत्ता भएका थिए।

बाबु औषधी लिन गएका बेला युवक सम्पर्कविहीन भएको र उनले लगाएको कपडा र परिचयपत्र मणिपाल अस्पताल नजिकैको सेती नदीको झोलुंगे पुलमा भेटिएकोले खोजीका लागि बाँध खोल्न लागिएको कास्की प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले उक्त समयमा सेती नदीमा पानीको बहाब बढ्न सक्ने हुँदा सो समय नदी वरिपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरूलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *