Search
Close this search box.
Search
Close this search box.

आँखा पाक्ने प्रकोपले अस्पतालमा चाप बढ्यो, सतर्क रहन स्वास्थ्यकर्मीको आग्रह

बुद्धशान्ति(पालिका सन्देश) । गर्मी सुरु भएसँगै सर्वसाधारणलाई एकातिर डेंगीको संक्रमणले तर्साइरहेको छ । अर्कोतिर पछिल्लो दुई सातायता झापामा आँखा पाक्ने संक्रमणका बिरामी ह्वात्तै बढेका छन् । अस्पतालहरुमा आँखा पाकेका विरामीको भीड बढेको स्थानीय अस्पतालहरुले जनाएका छन् । बुद्धशान्ति, मेचीनगर, विर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालहरुमा आँखा पाकेर उपचारका लागि आउने विरामीको संख्या अत्याधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट संक्रमित पाइएका छन् ।

मेची आँखा अस्पताल विर्तामोडकी नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति विरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताइन् । सो अस्पतालमा दैनिक एक हजार २०० बिरामी ओपीडी जाँचका लागि जाने गरेका छन् । अस्पताल धाउने आँखाका विरामीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको उनले बताइन्

EPIC

विर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले संक्रमणको सुरूआतमा आँखा बिझाउने र चिलाउने समस्या देखा पर्ने बताए । उनले यसलाई ‘सिजनल भाइरल इन्फेक्सन’ भनिने जानकारी दिदै आँखामा कचेरा आउने, आँशु बगिरहने, घाममा हेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखा पर्ने समेत बताएका छन् ।

दाहालले विर्तामोड आँखा अस्पतालमा दैनिक आउने ६०० विरामीमध्ये तीन सय विरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि धाउने गरेको जानकारी दिए । गर्मी याममा यसको प्रकोप फैलिने र यसबाट सबै उमेरका मानिस संक्रमित हुने बताए । उनले विशेष गरेर पछिल्लो समय स्कूल, कलेजेका विथार्थीमा यो रोगको प्रकोप बढी देखिएको सुनाए ।

मेचीनगरको काँकडभिट्टामा रहेको मेची नेत्रालयमा दैनिक सयको हाराहारीमा आँखा पाकेको समस्या लिएर उपचारमा आउने गरेको नेत्र अधिकृत योगेन्द्र राउतले बताएका छन् । ‘भाइरल फ्लू’का कारण आँखा पाक्ने रोग फैलिएको हुँदा उपचारपछि एक साताभित्रमा रोग निको हुने उनले जानकारी दिए ।

मोवाइल, कपडा लगायतका सामानबाट एक व्यक्तिको आँखा पाक्ने रोग परिवारका सदस्य र साथीहरुमा सजिलै सर्ने चिकित्सकहरु बताउँछन् । काँकडभिट्टा आँखा अस्पताल, दिब्यज्योति आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र बीएन्डसी हस्पिटलमा समेत आँखा पाक्ने रोगका संक्रमितहरु उपचारका लागि भीड लाग्ने गरेको पाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *